News Portal

  • सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सम्झौता

    आर्थीकसंसार संवाददाता१७ असार, २०८२
    १५ पटक
    १७ असार, २०८२

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी खरिदका लागि सुलभ कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

    सम्झौताअनुसार सिप्रदीमार्फत टाटा ब्रान्डका विद्युतीय ट्याक्सी किन्न चाहने ग्राहकहरूले सिद्धार्थ बैंकबाट सहज ब्याजदरमा ५ वर्ष अवधिसम्मको कर्जा सुविधा पाउनेछन् ।

    बैंकले दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको जनाएको छ ।

    यस सम्बन्धमा थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    प्रतिकृया दिनुहोस्