News Portal

  • नवनियुक्त सदस्यहरुको शपथ ग्रहण

    आर्थीकसंसार संवाददाता२ भदौ, २०७७
    ५९४ पटक
    २ भदौ, २०७७

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त छ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
    राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, केही समय राखेपका कार्यवाहक सदस्य–सचिवको जिम्मेवारी सम्हालेका खेलकुद मन्त्रालयका सह–सचिव भक्तबहादुर ढकाल र राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाको उपस्थितिमा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराए ।
    खेलकुद मन्त्रालयले साउन १५ गते रिम रानाभाट, सुभास श्रेष्ठ, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ र गोविन्दप्रसाद भट्टराईलाई राखेपको सदस्यमा मनोनित गरेको थियो । सो अवसरमा मन्त्री विश्वकर्माले चाँडै नै अन्य सदस्यहरुको नियुक्ति प्रक्रिया पनि अगाडि बढाइने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्