News Portal

  • कोरोनाको जोखिम बढेपछि बैंकमा नआउन बैंकर्स संघको आग्रह

    आर्थीकसंसार संवाददाता२ भदौ, २०७७
    ६४६ पटक
    २ भदौ, २०७७

    काठमाडौं । कोरोना भाइरसको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि बैंकका काउन्टरमा नआउन सर्वसाधारणलाई अपिल जारी गरेको छ । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले एक अपिल जारी गर्दै सर्वसाधारणलाई बैंकका काउन्टरमा नआउन आग्रह गरेको हो ।
    संघले सकेसम्म सर्वसाधारणलाई घरैबाट डिजिटल माध्यमबाट कारोबार गर्न आग्रह गरेको छ । संघले कोरोना महामारीबाट बच्न तथा जोखिम न्यूनिकरणको लागि भन्दै यस्तो आग्रह गरेपनि पछिल्ला केही दिनदेखि बैंकका काउन्टरहरु कोभिडबाट असुरक्षित हुँदै गएपछि यस्तो आग्रह गरेको हो । स्रोतका अनुसार दर्जनभन्दा बढी बैंकका थुप्रै कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण भइसकेको छ ।
    संघले बैंकका काउन्टरहरु सुरक्षित प्रमाणित गर्न सकिने अवस्था नरहेको भन्दै यस्तो आग्रह गरेको हो । बैंकले शाखामा आउन समस्या भएमा सम्बन्धित शाखामा टेलिफोन गरी आफ्नो बारेमा जानकारी लिन सकिने समेत जनाएको छ ।

    प्रतिकृया दिनुहोस्