News Portal

  • सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

    आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०८३
    ४२ पटक
    २७ कार्तिक, २०८३

    काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले चारै जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    शपथ ग्रहण गर्नेमा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।

    गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

    प्रतिकृया दिनुहोस्