News Portal

  • प्रिमियर इन्स्योरेन्सको मुनाफा ४५ प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता१ भाद्र, २०७७
    ३७५ पटक
    १ भाद्र, २०७७

    काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ४५.६९ प्रतिशत मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले कोरोना महामारीका बीचमा पनि ११ करोड भन्दा बढी मुनाफा बृद्धि गर्न सफल भएको हो ।
    गत आवको अघिल्लो वर्ष २४ करोड ५६ लाख २३ हजार रुपैयाँ मुनाफा आर्जन गरेकोमा गत आवमा ३५ करोड ७८ लाख ७० हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो । कम्पनीको दावी भुक्तानी घटेको कारण मुनाफा बढेको हो । कम्पनीले अघिल्लो वर्ष ४८ करोड ९० लाख ५२ हजार रुपैयाँ दावी भुक्तानी गरेकोमा गत आवमा ६ करोडले घटेर ४२ करोड ५९ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च खासै बढेको छैन भने अन्य प्रत्यक्ष आय चार करोडले बृद्धि भएको छ । अघिल्लो वर्ष २५ करोड १२ लाख ९७ हजार व्यवस्थापन खर्च गरेको कम्पनीले गत आवमा २५ करोड ७३ लाख १३ हजार रुपैयाँ खर्च गरेको छ ।
    कम्पनीको भुक्तानी हुन बाँकी दावी भुक्तानी दुई अर्ब ३१ करोड २२ लाख १३ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष एक अर्ब ९३ करोड ६१ लाख २७ हजार रुपैयाँ रहेको थियो । कम्पनीले बीमा कोष, जगेडा कोष र महाविपत्ति कोषमा गरी कूल एक अर्ब छ करोड तीन लाख ४७ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीले कोषको आकारमा थप ५० प्रतिशतभन्दा बढी योगदान गर्न सफल भएको छ । अघिल्लो वर्ष जम्मा ६८ करोड ८२ लाख ६० हजार मात्रै थियो । गत आर्थिक वर्षको वित्तीय विवरणले प्रिमियर इन्स्योरेन्स थप सशक्त र बलियो भएको देखिएको छ ।
    त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ३२.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.५८, प्रतिशेयर नेटवर्थ १९८.६८, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३३७.९१ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्