News Portal

  • प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२० असार, २०८२
    २०६ पटक
    २० असार, २०८२

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक समूहको १ लाख ४८ हजार ६०० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन पाउनेछन्।

    शेयर खरिदका लागि निवेदन दिने म्याद ३५ दिनको दिइएको छ। यो अवधिभित्र संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि काठमाडौंको कमलादीस्थित कमपनीको केन्द्री कार्यालयमा निवेदन दिन सक्नेछन्।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्