News Portal

  • सनराइज बैंकका ग्राहकले मनकामना केबल कारको टिकट खरिद गरे क्यास व्याक पाउने

    आर्थीकसंसार संवाददाता७ फागुन, २०७७
    १३३५ पटक
    ७ फागुन, २०७७

    काठमाडौं । सनराइज बैंकका ग्राहकले मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक पाउने भएका छन् । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्माटको प्रयोग गरी मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको हो ।
    यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको सनराइज स्मार्ट प्रयोग गरी खरिद गरिएको हरेक टिकटमा १०० रुपैयाँ क्यास व्याक प्रदान गर्नेछ । यो योजना फागुन ७ गतेदेखि चैत मसान्तसम्म रहनेछ ।
    कोभिड–१९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगदमार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।
    डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्गलगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले विभिन्न नबिनतम सेवा सुबिधा ल्याउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्