News Portal

  • यति एयरलाइन्सले पायो ‘आइसा’ को प्रमाणपत्र, उड्डयन क्षेत्रमा उत्कृष्ट

    आर्थीकसंसार संवाददाता३० साउन, २०८१
    ३८ पटक
    ३० साउन, २०८१

    काठमाडौं । यति एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइटा) ले प्रदान गर्ने आइटा स्टयान्डर्ड सेफ्टि एसेसमेन्ट (आइसा) को प्रमाणपत्र प्राप्त गरेको छ ।

    आइसाको यो प्रमाणपत्र उड्डयन क्षेत्रमा उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एयरलाइन्सलाई मात्र प्रदान गर्ने गरिन्छ । यतिले आफ्नो आधिकारिक फेसबुक पेजमा आइसाले प्रदान गरेको प्रमाणपत्र सार्वजनिक गरेको छ । जसमा भनिएको छ, ‘आइसाको प्रमाणपत्र प्राप्त गर्न पाउँदा हामी गर्व गर्छौं, हवाई सुरक्षा र परिचालन प्रक्रियाको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धि हो ।’

    आइटाद्वारा प्रदान गरिएको आइसाको प्रमाणपत्र यति एयरलाइन्सको अन्तर्राष्ट्रियस्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण रहेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्