News Portal

  • प्रभु बैंकद्वारा भानुभक्त मा.वि. सिन्धुलीलाई कम्प्युटर प्रदान

    आर्थीकसंसार संवाददाता७ फागुन, २०७७
    १७५५ पटक
    ७ फागुन, २०७७

    काठमाडौं । प्रभु बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ ।
    मिति २०७७/११/०४ गतेका दिन भानुभक्त माध्यमिक विद्यालय तिनकुना, सिन्धुलीमा आयोजित एक समारोहमा प्रभु बैंक लि.का नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले भानुभक्त माध्यमिक विद्यालयलाई उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा माननीयद्वय शशि श्रेष्ठ र लिलामणी पोखरेलको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिका, विद्यार्थीलगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
    प्रभु बैंकद्वारा हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट भानुभक्त माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको प्रभु बैंकले आगामी दिनहरुमा आफ्नो सामाजिक क्रियाकलापलाई निरन्तरताको लागि बैंक प्रतिबद्ध रहेको छ ।

    प्रतिकृया दिनुहोस्