News Portal

  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पौडेल चयन

    आर्थीकसंसार संवाददाता२२ पुष, २०८१
    ११ पटक
    २२ पुष, २०८१

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल चयन भएका छन् । बैंकको पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति बैठकले पौडेललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

    बैंकको सो साधारण सभाले सञ्चालक पदमा पौडेलसहित सुरज उप्रेती, वीरेन्द्र भुसाल, वीरेन्द्र विष्ट, नम्रता भण्डारी र हिमाल भट्टराईलाई निर्विरोध निर्वाचित गरेको थियो । जसमा पौडेल, उप्रेती र भुसाल संस्थापक शेयरधनीका तर्फबाट र विष्ट, भण्डारी र भट्टराई सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालकमा निर्वाचित भएका हुन् ।

    प्रतिकृया दिनुहोस्