आर्थीकसंसार संवाददाता१५ पुष, २०८१
१५ पुष, २०८१काठमाडौं । हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी कोटेश्वरबाट आइतबारदेखि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपिस्थतिमा गरेका हुन् ।
हाल बैंकले नेपालभरी फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८२ एटिएम, आठ हजारभन्दा बढी पिओएस टर्मिनल्स र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरूलाइ बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।