News Portal

  • प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२२ पुष, २०८१
    २८३ पटक
    २२ पुष, २०८१

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

    बैंकले हाल बिक्रीमा राखिएको शेयरको संख्या, सोको मूल्य र बिक्री गर्ने संस्थापकहरूको नाम भने खुलाएको छैन। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ।

    बैंकले तोकिएको उक्त म्यादभित्र बैंकका कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिददका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा सर्वसाधारणलाई बिक्री गरिने बैंकको भनाई छ ।

    प्रतिकृया दिनुहोस्