१४ असोज, २०८३काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ग्राहकको सुरक्षाका लागि दुर्घटना बीमा गरिदिने सम्झौता भएको छ ।
गरगहना व्यवसायमा विगत २५ वर्षदेखि सक्रिय हिमालयन बुलियनले आफ्ना ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राख्दै तीन तहमा ग्राहक वर्गीकरण गरेको जनाएको छ ।
सम्झौताअनुसार आगामी बडादशैंको घटस्थापनादेखि हिमालयन बुलियनका ग्राहकले १ लाखदेखि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् ।
कम्पनीका अनुसार सिल्भर सदस्यता भएका ग्राहकका लागि १ लाख रुपैयाँसम्म, गोल्ड सदस्यता भएका ग्राहकका लागि ५ लाख रुपैयाँसम्म र डाइमन्ड सदस्यता भएका ग्राहकका लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिनेछ ।
ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सम्झौता गरिएको हिमालयन बुलियनले जनाएको छ । कम्पनीले यो व्यवस्थाले आफ्ना ग्राहकको सुरक्षा थप मजबुत हुने विश्वास व्यक्त गरेको छ ।



