News Portal

  • सानिमा रिलायन्स लाइफको भोटेकोशी बाढी प्रभावितका लागि ७२ लाख सहयोग

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
    १३ पटक
    १७ भदौ, २०८३

    काठमाडौं । भोटेकोशीसहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ ।

    कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ तथा सञ्चालक र कर्मचारीहरूको तर्फबाट २१ लाख रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

    उक्त सहयोग रकमको चेक कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।

    कम्पनीले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका सरकारी तथा मानवीय प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।

    विनाशकारी बाढीबाट रसुवालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिहरूले राहत तथा पुनःस्थापनाका लागि सरकारको कोषमा आर्थिक सहयोग गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्