News Portal

  • बाढीपीडितलाई आईसीटीसी ग्रुपको १ करोड सहयोग

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
    १३ पटक
    १७ भदौ, २०८३

    काठमाडौं । आईसीटीसी ग्रुपले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

    ग्रुपका कार्यकारी अध्यक्ष दिनेशलाल श्रेष्ठ र सह-प्रबन्ध निर्देशक जयदिन श्रेष्ठले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    बाढीमा परी ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै ग्रुपले शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ ।

    प्रतिकृया दिनुहोस्