News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा उद्धार कोषमा रु. १.०१ करोड सहयोग प्रदान

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
    १४ पटक
    १७ भदौ, २०८३

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रसुवाको भोटेकोसी नदीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति भएको विषम परिस्थितिमा प्रभावित जनसमुदायको राहत, उद्धार र पुनर्स्थापनाका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा आर्थिक सहयोगस्वरुप १ करोड १ लाख रुपैयाँ प्रदान गरेको छ।

    उक्त रकमबराबरको चेक कम्पनीकी सञ्चालक हसना शर्माले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्।

    यसअघि कम्पनीले २०८१ सालमा आएको बाढीवाट प्रभावितका लागि ५१ लाख रुपैयाँ र जेनजी आन्दोलनका क्रममा क्षति भएको राष्ट्रिय सम्पदा पुनर्निर्माणका लागि १ करोड १ लाख रुपैयाँ प्रदान गरेका थियो। ती घटनाबाट क्षति भएका सम्पत्तिहरुको बीमा दाबी पनि कम्पनीले यथासमयमा फर्छ्यौट गरी भुक्तानी गरेको छ।

    प्रतिकृया दिनुहोस्