News Portal

  • प्रधानमन्त्री उद्धार कोषमा देव ग्रुप, युनाइटेड मेवा र युनाइटेड मोदीको ५० लाख सहयोग

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
    १५ पटक
    १७ भदौ, २०८३

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि देव ग्रुप, युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

    देव ग्रुपका अध्यक्ष नरेन्द्र बल्लभ पन्त र प्रबन्ध निर्देशक अजय बल्लभ पन्तले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    युनाइटेड मोदी हाइड्रोपावरका अध्यक्ष नवीन सिलवालले बाढीपीडित नागरिकलाई राहत उपलब्ध गराउन र पुनर्स्थापनामा सहयोग पुग्ने विश्वासका साथ रकम प्रदान गरिएको बताए ।

    यस्तै, युनाइटेड मेवा खोला हाइड्रोपावरका अध्यक्ष आशिष थापाले विपद्को कठिन समयमा मानवीय सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

    देव ग्रुपले आगामी दिनमा पनि विपद् प्रभावित नागरिक र समुदायको हितमा आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्