News Portal

  • रास्वपा सभापति र चिनियाँ राजदूत मिङबीच भेटवार्ता

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०८३
    ४३ पटक
    १६ भदौ, २०८३

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता भएको छ ।

    सभापतिको बुढानीलण्ठस्थित निवासमा मंगलबार दिउँसो भेटवार्ता भएको हो ।

    भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दु:ख व्यक्त गरेका थिए ।

    खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै चीन नेपालको साथमा रहेको बताउँदै उनले  नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए ।

    विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने पनि उनले बताए ।

    भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्