News Portal

  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता२८ असोज, २०८३
    २२ पटक
    २८ असोज, २०८३

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

    यसका लागि महालक्ष्मी विकास बैंक र फेसन तथा लाइफस्टाइल ब्रान्ड केटीएम सिटीबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले केटीएम सिटीका देशभर रहेका १७ वटै आउटलेटमा छुट पाउनेछन्।

    केटीएम सिटीले स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न प्रकारका पहिरन बिक्री गर्दै आएको छ। फेसन तथा लाइफस्टाइल क्षेत्रमा नवीनता, गुणस्तर र ग्राहकको आवश्यकतालाई प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ।

    बैंकले विभिन्न क्षेत्रका संस्थासँग सहकार्य गर्दै ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सम्झौता गरेको जनाएको छ। यसबाट बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

    महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ। बैंकले वित्तीय सेवासँगै ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न सेवा विस्तार गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस्