News Portal

  • बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको १ करोड सहयोग

    आर्थीकसंसार संवाददाता११ भदौ, २०८३
    ११ पटक
    ११ भदौ, २०८३

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र देशका विभिन्न स्थानमा गएको बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

    कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत उपलब्ध गराइनेछ । विपद्को कठिन घडीमा प्रभावित परिवारलाई राहत पुग्ने र सरकारको उद्धार तथा पुनर्स्थापनाको अभियानमा साथ दिने उद्देश्यले सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीले बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

    विज्ञप्तिमा ज्यानको जोखिम मोलेर उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति उच्च सम्मान व्यक्त गरिएको छ ।

    एक्स्ट्रिम इनर्जी ड्रिंक्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत राष्ट्र संकटमा पर्दा नागरिक र समुदायको साथमा उभिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्