News Portal

  • सानिमा बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

    आर्थीकसंसार संवाददाता११ भदौ, २०८३
    १० पटक
    ११ भदौ, २०८३

    काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    बैंकको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले कायम चुक्ता पुँजीबाट साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश करसहित रहेको बैंकले जनाएको छ ।

    यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका लागि समानुपातिक रूपमा ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

     

    बैंकका अनुसार साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ ३३ पैसा रहेको छ भने अग्राधिकार सेयर पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।

    प्रस्तावित लाभांशमध्ये अग्राधिकार सेयरधनीका लागि ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ १६ पैसा र साधारण सेयरधनीका लागि १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ ४३ पैसा वितरण गरिनेछ ।

    प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी साधारणसभाबाट प्रस्ताव पारित गराई सेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

    हाल सानिमा बैंकले सातै प्रदेशमा १३४ वटा कार्यालय र १२७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्