News Portal

  • कहिलेसम्म शेयर किन्नेले कामना सेवा विकास बैंकको प्रस्तावित लाभांश पाउँछन् ?

    आर्थीकसंसार संवाददाता११ भदौ, २०८३
    १७० पटक
    ११ भदौ, २०८३

    काठमाडौं । कामना सेवा विकास बैंकको प्रस्तावित लाभांश भदौ १७ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । बैंकले वार्षिक साधारणसभा प्रयोजनार्थ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले भदौ १७ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले यही भदौ ३१ गते साधारणसभा डाकेको हो। सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा हुनेछ।

    सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष २०८२।८३ को सञ्चित मुनाफाबाट बैंकका अग्राधिकार शेयरधनीले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रुपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश पारित गर्नेछ।

    सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२।८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने, बाह्य लेखापरीक्षक नियुक्ति गर्नेलगायतका अन्य प्रस्तावहरु अनुमोदन गर्नेछ।

    प्रतिकृया दिनुहोस्