News Portal

  • कृषि विकास बैंककी कर्मचारी २ घण्टापछि सुरक्षित भेटिइन्, गाडी र २ मोटरसाइकल बगायो

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८३
    ३६ पटक
    १० भदौ, २०८३

    काठमाडौं । रसुवामा आएको बाढीपहिरोका कारण कृषि विकास बैंकको शाखा कार्यालयमा समेत क्षति पुगेको छ । बैंकको भवन बाढीले नबगाए पनि डुबानमा परेको छ ।

    बाढीका कारण बैंकको एउटा गाडी र शाखा कार्यालयको आँगनमा रहेका दुईवटा मोटरसाइकल बगाएको बैंकले जनाएको छ । कर्मचारीहरू उद्धार तथा ऋण असुलीसम्बन्धी कामका लागि गाडीमा जाँदै गर्दा माथिबाट अचानक बाढी आएपछि उनीहरूले गाडी छाडेर भागेर ज्यान जोगाएका थिए ।

    बाढी आएको देखेपछि तीन जना पुरुष कर्मचारी तत्काल सुरक्षित स्थानतर्फ भाग्न सफल भएका थिए । एक जना महिला कर्मचारी भने बाढीले बगाएकोमा करिब एकदेखि डेढ घण्टापछि केही तल सुरक्षित रूपमा निस्कन सफल भएकी थिइन् । करिब दुई घण्टापछि उनी सकुशल रहेको जानकारी प्राप्त भएको बैंकले जनाएको छ ।

    घटनामा मानवीय क्षति भने नभएको बैंकले जनाएको छ । बैंकको शाखा भवन यथावत् रहे पनि बाढीका कारण डुबानमा परेकाले तत्काल त्यहाँ पुग्न सक्ने अवस्था छैन । भवनभित्र तथा शाखा कार्यालयमा भएको आन्तरिक क्षतिको विवरण भने संकलन हुन बाँकी रहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्