News Portal

  • माछापुच्छ्रे बैंकको टिमुरे शाखाका ५ जना सम्पर्कविहीन

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८३
    ३१ पटक
    १० भदौ, २०८३

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण माछापुच्छ्रे बैंकको रसुवास्थित टिमुरे शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

    माछापुच्छ्रे बैंकका अनुसार टिमुरे बजार नै बाढीले बगाएपछि शाखा पनि पूर्णरूपमा क्षतिग्रस्त भएको हो । उक्त शाखामा ६ जना कर्मचारी कार्यरत थिए ।

    बैंकका अनुसार ६ जनामध्ये एक जना कर्मचारीसँग मात्रै सम्पर्क भएको छ । उनी भागेर सुरक्षित हुन सफल भएका हुन् । बाँकी ४ जना कर्मचारी र एक जना सुरक्षाकर्मीसँग भने अझै सम्पर्क हुन सकेको छैन ।

    सम्पर्क विहीन कर्मचारी तथा सुरक्षाकर्मीको खोजी कार्य जारी रहेको बैंकले जनाएको छ । यसैगरी, बैंकको नुवाकोटस्थित बट्टार शाखामा भने बाढीको कुनै असर नपरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्