News Portal

  • विनाशकारी बाढीबाट प्रभावित ८८ जनाको हवाई उद्धार

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८३
    ४६ पटक
    १० भदौ, २०८३

    काठमाडौँ । रसुवास्थित भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएकाहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गरिरहेका छन् । अहिलेसम्म ८८ जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । ६ वटा हेलिकप्टरबाट बाढी प्रभावितहरूको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई जनालाई बाढी प्रभावित स्थलतर्फ पठाइँदैछ । बाढीमा फसेकाहरूको खोज तथा उद्धारमा ३ वटा ड्रोन पनि प्रयोग गरिएको सेनाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्