आर्थीकसंसार संवाददाता९ भदौ, २०८३

९ भदौ, २०८३काठमाडौं । विशेष अदालतले हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज मंगलबार हिमालयन लाइफका तत्कालीन सीईओ कर्णलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। गत जेठ २८ गते कर्णविरुद्ध अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो।
यो मुद्दामा आज अदालतमा थुनछेक बहस भएको थियो। सोही क्रममा अदालतले कर्णलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।