News Portal

  • प्रभु बैंककी बिजनेस अफिसर रश्मी पन्त ५० लाख धरौटीमा रिहा

    आर्थीकसंसार संवाददाता९ भदौ, २०८३
    ४९ पटक
    ९ भदौ, २०८३

    काठमाडौं ।  उच्च अदालत पाटनले प्रभु बैंककी ‘चिफ बिजनेस अफिसर’ रश्मी पन्तलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

    मंगलबार उच्च अदालत पाटनले संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र न्यायाधीश स्वीकृति पराजुलीको इजलासले ५० लाख  धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    बैंकको उच्च व्यवस्थापकीय तहमा रही ‘प्री डिस्ब्रसमेन्ट’  को स्वीकृति तथा नीतिगत निर्णय प्रक्रियामा प्रमुख भूमिका निर्वाह गरेको देखिएको आदेशमा उल्लेख छ ।

    आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बम्रोजिम उक्त रकम नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी दिए लिई तारेखमा राख्नु लेखिएको छ ।

    दुई साताअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको थियो ।

    प्रतिकृया दिनुहोस्