
९ भदौ, २०८३काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्प ले चाडपर्वलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ । नाडा अटो शो २०२६ को अवसरमा ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले स्क्र्याच एन्ड विन अफरमार्फत २ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर पाउनेछन् ।
कम्पनीका अनुसार योजना केही दिनअघि नै सुरु भइसकेको छ । चाडपर्वको समयमा सुजुकी गाडी खरिदलाई थप सहज र लाभदायी बनाउने उद्देश्यले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मतसम्भार (पीएमएस) पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बीमालगायत सुविधा उपलब्ध गराइएको छ ।
सुजुकी पर्वोत्सवअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट र १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । साथै मोडेलअनुसार निःशुल्क एक्सेसरिज, पीएमएस पार्ट्स र एक वर्षको निःशुल्क अटो प्लस बीमा पनि उपलब्ध हुनेछ ।
यो योजना साउन २७ गतेदेखि मंसिर १५ गतेसम्म देशभरका सबै आधिकारिक सुजुकी शोरुममा लागू हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, फ्रोन्क्स, ग्रान्ड भिटारा र ईभिटारासहित सुजुकीका अधिकांश मोडेल यो योजनामा समेटिएका छन् ।
विद्युतीय एसयूभी ईभिटारा का ग्राहकका लागि ‘फर्स्ट १०० युनिट प्रमोशनल स्किम’ छुट्टै सञ्चालनमा रहनेछ । कम्पनीले पहिलो १०० युनिटका ग्राहकलाई सवारीसँगै उपलब्ध हुने ३ किलोवाट स्ट्यान्डर्ड चार्जरका अतिरिक्त ७ किलोवाट होम चार्जर निःशुल्क उपलब्ध गराउने जनाएको छ । होम चार्जर जडान भने ग्राहकको घरमा प्राविधिक सम्भाव्यता अनुसार गरिनेछ ।
सुजुकीले नाडा अटो शो २०२६ मार्फत नयाँ ब्रेजा नेपाली बजारमा पहिलोपटक सार्वजनिक प्रदर्शनमा राखेको छ । कम्पनीका अनुसार अद्यावधिक फिचर, नयाँ पावरट्रेन र सुरक्षा प्रणालीसहित आएको ब्रेजाले भारत एनक्यापको पाँच-तारे सुरक्षा रेटिङ प्राप्त गरेको मोडेल हो ।
नाडा अटो शो अवधिभर आगन्तुकले नयाँ ब्रेजासहित सुजुकीका सम्पूर्ण मोडेल अवलोकन, अनुभव तथा बुकिङ गर्न सक्नेछन् ।
प्रदर्शनीका क्रममा सुजुकी प्याभिलियनमा छनोट गरिएका मोडेल बुकिङ गर्ने ग्राहकका लागि २ लाख रुपैयाँसम्मको पुरस्कार रहेको स्क्र्याच एन्ड विन अफर पनि उपलब्ध हुनेछ ।
सीजी मोटोकर्पका महाप्रबन्धक सिरज पन्तले नाडा अटो शोमा आएर मोडेलअनुसार उपलब्ध सुविधा र सीमित अवधिको अफरको लाभ लिन ग्राहकलाई आग्रह गरेका छन् ।