
९ भदौ, २०८३काठमाडौं । भेस्पा र एप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत अटो शो अवधिभर स्कुटर खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ पाउने भएका छन् ।
भृकुटीमण्डपस्थित टिडब्लुई–११ नम्बर स्टलमा सञ्चालन भइरहेको यो अफर नगद, फाइनान्स र एक्सचेन्ज तीनै माध्यमबाट स्कुटर खरिद गर्ने ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ । साथै स्कुटर खरिदकर्तालाई भेस्पा र एप्रिलियाको आकर्षक ल्यापटप ब्याग पनि उपहारस्वरूप प्रदान गरिनेछ ।
यस वर्ष डेल्टा अटोकर्पले आफ्नो स्टललाई इटालियन कफे थिममा सजाएको छ । कम्पनीका अनुसार स्टलमार्फत आगन्तुकलाई प्रिमियम इटालियन जीवनशैली र ब्रान्डको फरक अनुभव दिने प्रयास गरिएको छ ।
नाडा अटो शोमा कम्पनीले एप्रिलिया एसआर १७५ एचपीई पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटरमा आधुनिक प्रविधि र उच्च कार्यसम्पादनको संयोजन गरिएको छ ।
यससँगै भेस्पा १२५ लाई नयाँ लाइल्याक रङमा र भेस्पा एस १२५ लाई ओरो रङमा सार्वजनिक गरिएको छ । प्रदर्शनीमा एप्रिलियाको स्टर्म १२५, एसआर १६० तथा भेस्पाको जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ का विभिन्न भेरियन्ट पनि प्रदर्शनमा राखिएका छन् ।
डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले नाडा अटो शोमार्फत नयाँ मोडल र विशेष अफर नेपाली ग्राहकसामु ल्याउन पाउँदा उत्साहित रहेको बताए । उनले कफे थिमको स्टल र आकर्षक अफरले आगन्तुकको अटो शो अनुभवलाई थप स्मरणीय बनाउने विश्वास व्यक्त गरे ।