News Portal

  • महालक्ष्मी विकास बैंकले नाडा अटो शोमा गाडी किन्नेलाई कर्जामा सहजता

    आर्थीकसंसार संवाददाता९ भदौ, २०८३
    ४४ पटक
    ९ भदौ, २०८३

    काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६ मा सहभागिता जनाएको छ ।

    भदौ ९ गतेदेखि भदौ १४ गतेसम्म सञ्चालन भइरहेको अटो शोमा बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गर्ने जनाएको छ ।

    बैंकले विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ । अटो शोको अवसरमा ग्राहकलाई आकर्षक ब्याजदरका साथै प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्ने बैंकले जनाएको छ ।

    बैंकका अनुसार भदौ महिनाका लागि आधार दर ५.६४ प्रतिशत रहेको छ। सवारी कर्जा लिने ग्राहकले आधार दरको प्रत्यक्ष लाभ लिन सक्ने बैंकको भनाइ छ ।

    महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन चाहने ग्राहकले अटो शोको हल नम्बर ४ स्थित स्टल नम्बर एल मा सम्पर्क गर्न सक्नेछन् ।

    बैंकले विद्युतीय तथा अन्य निजी र व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ ।

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको अटो शोमा महालक्ष्मी विकास बैंकले पनि निरन्तर सहभागिता जनाउँदै आएको छ ।

    गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्