News Portal

  • कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत लाभांश पारित हुने

    आर्थीकसंसार संवाददाता८ भदौ, २०८३
    १३ पटक
    ८ भदौ, २०८३

    काठमाडौं । कामना सेवा विकास बैंकले २०औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले भदौ ३१ गते साधारणसभा आयोजना गर्ने भएको हो ।

    साधारणसभामा लाभांश वितरणसम्बन्धी प्रस्ताव पेस हुने बैंकले जनाएको छ ।

    बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्राथमिकताप्राप्त सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव छ ।

    त्यस्तै, अन्य सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव छ । उक्त लाभांशमा करसमेत समावेश हुनेछ ।

    साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पनि पेस हुनेछ ।

    लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण अनुमोदनका लागि प्रस्तुत गरिनेछ । सभामा वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पेस गरिनेछ ।

    नाफा–नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूची पनि अनुमोदनका लागि प्रस्तुत हुनेछन् ।

    त्यस्तै, बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि साधारणसभामा पेस हुने बैंकले जनाएको छ । अन्य विभिन्न प्रस्तावमाथि समेत छलफल हुनेछन् ।

    गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    बैंकले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार भदौ १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

     

    प्रतिकृया दिनुहोस्