News Portal

  • आईजीआई प्रुडेन्सियल र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच सेवा सम्झौता

    आर्थीकसंसार संवाददाता४ भदौ, २०८३
    ४२ पटक
    ४ भदौ, २०८३

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

    एकान्तकुनामा रहेको संघको कार्यालयमा भएको सम्झौता कार्यक्रममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीलगायत उच्च व्यवस्थापन समूह तथा नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष प्रविन लामिछाने, पूर्वअध्यक्ष र वर्तमान कार्यसमिति सदस्यहरूको उपस्थिति थियो ।

    सम्झौताअनुसार संघसँग आबद्ध देशभरका सदस्य तथा व्यवसायीको सम्पत्ति र सवारीसाधनको बीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समार्फत गरिनेछ । साथै, संघ तथा आबद्ध संस्थाबाट बिक्री–वितरण हुने सवारीसाधनको समेत बीमा सेवा उपलब्ध गराइनेछ ।

    बीमा गरिएका सवारीसाधन दुर्घटनामा परी क्षति भएमा सहज र सरल प्रक्रियाबाट दाबी भुक्तानी गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

    सम्झौता कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले संघ तथा संघमा आबद्ध व्यवसायी र ग्राहकलाई सबै प्रकारका निर्जीवन बीमा सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताए ।

    उनले बीमालेख खरिद गरी आईजीआई प्रुडेन्सियलबाट सहज, गुणस्तरीय र भरपर्दो बीमा सेवा लिन व्यवसायी तथा ग्राहकलाई आग्रह ग रे।

    नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष लामिछानेले संघसँग आबद्ध ग्राहकको सन्तुष्टि क्रमशः बढ्दै गएको बताए । उनले आईजीआई प्रुडेन्सियलबाट बीमा सेवा लिन थालेपछि सेवा छिटोछरितो प्राप्त भइरहेको भन्दै सम्झौताप्रति खुसी व्यक्त गरे ।

    कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिले आगामी दिनमा पनि सेवा आदानप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्