काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पश्चिम रुकुमका कृषकलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले उक्त स्थानका व्यवसायीलाई कृषि क्षेत्रको व्यवसायिकतामार्फत आत्मनिर्भर नगरपालिका निर्माणका लागि उक्त सहयोग गर्ने भएको हो ।
सोसम्बन्धी सेञ्चुरी कमर्सियल बैंक र आठबीसकोट नगरपालिका (पश्चिम रुकुम)बीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । उक्त सम्झदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र नगरपालिकको तर्फबाट नगरप्रमुख गोर्ख बहादुर केसीले हस्ताक्षर गरेका हुन् ।
रुकूम जिल्लाको आठबिसकोट नगरपालिकामा ‘कृषक सहकार्य समूह’मार्फत त्यस क्षेत्रमा सम्भावना भएका कृषि, वनजन्य व्यवसाय, प्राङ्गारिक एवं उच्च मूल्यका कृषि उत्पादन र कृषि व्यवसायीकरणका लागि बैंकले सहज र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्य रहेको छ ।बैंकले हाल आफ्ना १२० शाखा १० वटा एक्सटेन्सन काउन्टर, २१ बान्चलेस बैंकिङ्ग ८८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सेञ्चुरी बैंकले पश्चिम रुकुमका कृषकलाई सहुलियतपूर्ण कर्जा २६ माघ, २०७७
आर्थीकसंसार संवाददाता२६ माघ, २०७७
२६ माघ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान