News Portal

  • ओरिएन्टल इन्स्योरेन्सको नाफा रु. ४९ करोड माथि, बढ्यो व्यापार

    आर्थीकसंसार संवाददाता३० साउन, २०८३
    १३ पटक
    ३० साउन, २०८३

    काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।

    वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ४९ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले ११ करोड ७६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

    गत आर्थिक वर्षमा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ४ लाख ५५ हजार रुपैयाँ र अन्य इक्विटीमा ९१ करोड ३७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ६६ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ३३ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड १९ लाख रुपैयाँ थियो भने रिटेन्ड अर्निङ ६ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

    समीक्षा वर्षमा कम्पनीको बीमा कोषमा ७ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ८० करोड १९ लाख रुपैयाँ रहेको थियो। बीमा कोषको आकार १७७.२९ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब ८३ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले २ अर्ब ६० करोड १४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ८.९१ प्रतिशतले बढेको छ।

    समीक्षा वर्षमा कम्पनीले १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब २७ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद व्यापार २४.७९ प्रतिशतले बढेको छ।

    प्रतिकृया दिनुहोस्