News Portal

  • सानिमा जिआइसी इन्स्योरेन्सको खुद बीमाशुल्क ९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दाी कति ?

    आर्थीकसंसार संवाददाता२९ साउन, २०८३
    २४ पटक
    २९ साउन, २०८३

    काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीका नाफा घटेको छ ।

    २ अर्ब २५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा ८१ करोड ४५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ५ करोड २४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटीमा १० करोड २७ लाख रुपैयाँ रहेको छ।

    अघिल्लो वर्ष विशेष जगेडामा ७४ करोड ९५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १७ करोड २७ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड २७ लाख रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ७ दशमलव ८२ प्रतिशतले बढेको हो ।

    समीक्षा वर्षमा कम्पनीले ८३ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन पनि ९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थिया

    समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ खर्चिएको थियो ।

    यस समीक्षा अवधिमा कम्पनीले १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३३ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।

    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ७६ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३३ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्