News Portal

  • सिद्धार्थ बैंकको सञ्चालक समितिमा पाँच जना निर्वाचित

    आर्थीकसंसार संवाददाता१७ माघ, २०७७
    १८१९ पटक
    १७ माघ, २०७७

    काठमाडौं । सिद्धार्थ बैंकको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ १६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारण सभाले १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो ।
    यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश पाउने छन् । ९ अर्ब ७८ करोड रूपैयाँ रहेको बैंकको चुक्ता पुँजी १२ प्रतिशत बोनसपछि १० अर्ब ९५ करोड रूपैयाँ पुगेको छ ।
    साथै, बैंकको १९औं वार्षिक साधारणसभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट मनोज कुमार केडिया, नरेन्द्र कुमार अग्रवाल र राहुल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनी समूहको तर्फबाट दिनेश शंकर पालिखे र अंकित केडिया निर्विरोध निर्वाचित भएका छन् ।
    बैंकको सभा माघ १६ गते शुक्रबार काठमाडौं, बालुवाटारस्थित आम्रपाली बैङक्वेटमा बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो । कोभिड–१९ महामारीको जोखिम कायमै रहेको र हालसालै नेपालमा कोभिड–१९ को नयाँ प्रजाति/भेरियन्टको संक्रमण पनि देखिएको अवस्थालाई मध्यनजर गर्दै यस बैंकको वार्षिक साधारणसभा अनलाईन (भर्चुअल) माध्यममार्फत सम्पन्न गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्