News Portal

  • चिरख्वा हाइड्रोले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ

    आर्थीकसंसार संवाददाता११ जेठ, २०८३
    २२८ पटक
    ११ जेठ, २०८३

    काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ । यसबाट कुल ४० करोड रुपैयाँ बराबरको पूँजी संकलन हुनेछ। उक्त हकप्रद सेयर हाल कायम सेयरधनीहरूलाई १ः१ अनुपातमा जारी गरिनेछ ।

    सम्झौतापत्रमा चिरख्वा हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष दीपक राई तथा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

    आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी हो ।

    प्रतिकृया दिनुहोस्