News Portal

  • कर्णाली डेभलपमेन्ट बैंक पनि एनसीएचएलमा आवद्ध

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७७
    ७१२ पटक
    १३ माघ, २०७७

    काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले नेपाल क्लियरिङ्ग हाउससँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपिइस र कनेक्ट आरठिजिएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ । उक्त सम्झौतापत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले हस्ताक्षर गरेका छन् ।
    एनसिएचएल आइपिएस प्रणालीमार्फत बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिनेजस्ता अन्तरबैंक कारोबारहरु गर्न सक्छन् भने कनेक्ट आरटिजिए प्रणालीमार्फत ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले अब कनेक्ट आइपिएसको वेभ र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी कारोबारहरु पनि गर्न सक्नेछन् ।
    कर्णाली विकास बैंक लिमिटेड नेपालको मध्य र सुदूरपश्चिमाञ्चलको पहिलो विकास बैंक हो, जसले उक्त क्षेत्रमा बैंकिङ्ग पहुँच बृद्घिमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ । एनसीएचएलसँगको सहकार्य पश्चात उक्त क्षेत्रमा बैंकको डिजिटल बैंकिङ्ग विस्तारमा पनि विशेष पहल हुने विश्वास बैंकले गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्