आर्थीकसंसार संवाददाता२२ चैत, २०८२
२२ चैत, २०८२काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको नगर अस्पतालले शनिवार बाहेक अन्य सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै शनिबारबाहेक अन्य दिन नियमित रूपमा अस्पताल सञ्चालन हुने जनाएको हाे ।
सूचनाअनुसार अब अस्पताल आइतबारदेखि शुक्रबारसम्मका साथै सार्वजनिक बिदाको दिनमा समेत खुला रहनेछ । अस्पतालको ओपीडी सेवा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
यसअघि पनि नगर अस्पतालमा आकस्मिक तथा विभिन्न स्वास्थ्य सेवाहरू चौबीसै घण्टा उपलब्ध रहेको जानकारी दिइँदै आएको छ ।

