News Portal

  • राष्ट्रिय वाणिज्य बैंकबाट बुझाइने राजस्व अब मोबाइलबाटै गर्न सक्ने

    आर्थीकसंसार संवाददाता८ माघ, २०७७
    ६७४ पटक
    ८ माघ, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताले आफ्नो मोबाइल बैंकिङ्गबाटै भुक्तानी गर्न सक्ने भएका छन् । मोबाइल बैंकिङ्गमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियरिङ्ग हाउस, खल्ती, आइएमई पे, प्रभु पे र नेपाल पे बीच सम्झौता भएको हो ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा भएको सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, नेपाल क्लियरिङ्ग हाउसको तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल राष्ट्रिय, आइएमई पेका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट प्रबन्ध सञ्चालक कुसुम लामा र नेपाल पेका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मालिका भट्टराइले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङ्गबाट सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस्तै राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनै पनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्