२७ फागुन, २०८२काठमाडौं ब्लडहुडको आयोजनामा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा बिशेष ११ जना महिला जसले समाजमा अतुलनीय योगदान पुर्याएका छन् ती महिलाहरुलाई बिशेष सम्मान गरिएको छ। साथै लायन्स अन्तर्राष्ट्रिय सँग सहकार्य गरि सामाजिक कार्य गर्नु हुने १०० जना स्वयंसेवक महिलाहरु तथा महिला निर्वाचन प्रहरी र नेपाल प्रहरीलाई पनि सम्मान गरिएको छ। सबै गरी जम्मा १११ जना महिलाहरुलाई सम्मान गरिएको श्रेष्ठले जानकारी गराए।
११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर भवानी राणाको प्रमुख आतिथ्यमा सो कार्यक्रम आयोजना गरिएको हो भने बिगत बर्षमा महिला बाइक र्याली आयोजना गर्दै आएको थियो। हालको बर्ष प्रतिनिधि सभा चुनाब र सुरक्षा ढृष्टिकोणले महिला बाइक र्याली गर्न नसकिएको संस्थाको संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठले जानकारी गराए। संस्थाको ब्रान्ड एम्बेशडर लायन् युवा मगरले मिस लायन् पेजेन्ट आउँदो अगष्ट महिनामा आयोजना गरिने र सोको समुद्घाटन र सहभागिताको लागि दरखास्त खुलेको अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जानकारी गराइएका छन्।
संस्थाका सल्लाहकार र भुतपुर्ब डिस्ट्रिक गर्भनर लायन् निरा बज्राचार्यले बिशेष पिनले लायन् युषा मगर, लायन् अम्रिता लामा, संस्थाको पहिलो महिला लायन् सुशिला श्रेष्ठलाई बिशेष सम्मान गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका छन ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका क्याबिनेट सेक्रेटरी लायन् त्रिजा ढकालले डिस्ट्रिकको प्रतिनिधित्व गर्दै कबिता मार्फत आफ्नो शुभकामना मन्तव्य दिएका थिए। साथै संस्थाको आगामी दिनको कार्य योजनालाई शुभकामना दिंदै Miss Lions International Pageant को लागि डिस्ट्रिकको सधै साथ र ब्लडहुडको हरेक कार्यक्रममा सत् प्रतिशत साथ रहने जानकारी गराएका थिए।

