News Portal

  • प्राधिकरणको मधेश प्रदेश कार्यालयले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्दै

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०८२
    १३ पटक
    १७ फागुन, २०८२

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणको सो प्रदेश कार्यालयले फागुन १८ गते सोमबार अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा दिनको २ बजेबाट ३ः३० बजेसम्म सञ्चालन हुनेछ ।

    बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो । सो परीक्षामा नेपालभरबाट सहभागिता जनाउन सकिने समेत जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्