News Portal

  • सुदूरपश्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता३१ साउन २०७७
    ११३० पटक
    ३१ साउन २०७७

    सुदूरपश्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न
    ३१ साउन २०७७
    काठमाडौं । सुदुरपस्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समिति सुबाश शाहीको अध्यक्षतामा धनगढीमा आज सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरी सम्पन्न भएको छ ।
    धनगढीको होटेल सोराईमा भएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश तेक्वोंदो संघ तदर्थ समितिका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उप–महानगरपालिकाका खेलकुद संयोजक वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धनगढी उप–महानगरपालिका–८ का वडाध्यक्ष नारायण बराल, कञ्चनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र सिंह, रास्ट्रिय तथा अन्तर्रास्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाशकुमार चन्दलगायत सुदूरपस्चिमका तेक्वान्दोका खेलाडी, प्रशिक्षक, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
    सुदूरपश्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समितिमा तपशिल बमोजिमका कार्यसमितिका पदाधिकारीहरु चयन भएका छन् ।
    अध्यक्ष सुबास बि शाही धनगढ़ी/कैलाली
    वरिष्ठ उपाध्यक्ष केशब भट्ट (TKD) धनगढ़ी/कैलाली, उपाध्यक्ष प्रतिमा शाह डोटी, उपाध्यक्ष सरोज चौधरी (TKD) कैलाली, उपाध्यक्ष उत्तम प्रसाद भट्ट (TKD) कंचनपुर/डडेलधुरा, महासचिव पदम बहादुर सिह धनगढी/दार्चुला, कोषाध्यक्ष दिपेन्द्र कुँवर धनगढी/अछाम, सचिब श्रीराम चौधरी (TKD) कैलाली, सदस्य जे पी चन्द, धनगढी/वैतडी, सदस्य सुबास पडाल धनगढी/बैतडी, सदस्य रमेश कुमाल (TKD) कंचनपुर/अछाम, सदस्य लोगबहादुर बुढा (TKD) कंचनपुर/अछाम, सदस्य कमल कार्की टिकापुर, सदस्य धन्नन्जय रिमाल टीकापुर, सदस्य दिल देउबा (TKD) कृष्णपुर, गुलरिया, सदस्य कमल पनेरु धनगढी/डडेल्धुरा, सदस्य महेश खत्री धनगढी/कैलाली रहेका छन् ।

    प्रतिकृया दिनुहोस्