News Portal

  • सातौं महिला उद्यमी सम्मेलन आयोजना–२०२१

    आर्थीकसंसार संवाददाता३ माघ, २०७७
    ७२४ पटक
    ३ माघ, २०७७

    काठमाडौँ  । नेपाल युवा उद्यमी मञ्चद्वारा सातौं महिला उद्यमी सम्मेलन–२०२१ काठमाडौँमा आयोजना गरिएकोे थियो । यो वर्ष १५० भन्दा बढी सहभागिहरुको सहभागिता रहेको र उक्त कार्यक्रम नेपाली युवा उद्यमी फोरमको एउटा प्रमुख हिस्सा थियो । यो वर्ष माघको पहिलो हप्ता विगत सातवर्षदेखि कार्यक्रमको प्रायोजन गर्दै आईरहेको थियो । यसवर्ष पनि विश्वव्यापी महामारीका कारण यो कार्यक्रम भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो ।
    लक्ष्मी बैंक लिमिटेडको प्रायोजनमा नेपालकै पहिलो भर्चुल महिला उद्यमी सम्मेलन–२०२१ आयोजना गरिएको छ । कार्यक्रममा‘वुमन हु इन्सपायरः इन द टाइम अफक्राइसिस, लुक्स फर अपरचुनिटीज’ भन्ने नाराका साथ आयोजना गरिएको थियो । त्यसैगरी कार्यक्रमको स्पोनसर तथा ज्ञान पार्टनर अन्तराष्ट्रिय श्रम संगठन, कारखाना, डिजाईन पार्टनर एक्ट ३६०, प्रविधि पार्टनर भायानेट र भुक्तानी पार्टनर ईसेवा रहेको थियो । यस कार्यक्रमले महिला उद्यमशीलतालाई प्रबद्र्धन गर्दै आएको छ । यस कार्यक्रममा जम्मा भएको रकम पछी दिदी फाउन्डेशनलाई हस्तान्तरण गरिने छ ।
    कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यवसायीहरुलगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानलमा छलफलको लागि आमोको तर्फबाट आयुषा श्रेष्ठ, बियुटी बारबाट इच्छा कार्की, वाईल्ड अर्थ नेपालको तर्फबाट क्यारोल दनहम, र लिटल ईन्जनियरको तर्फबाट राना इल केमाइटिली रहेका थिए । यस कार्यक्रमको प्रस्तोता मिस युनिभर्स–२०१८, मनिता देवकोटा हुनुहुन्थ्यो । यसैगरी यस कार्यक्रममा नेपालका विभिन्न उदयमान संस्थाहरु, खानपिन, स्वीट फिक्स, अजिसलगायत वर्क हव जस्ताको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय युवा परिषदका कार्यकारी सञ्चालक माधवप्रसाद ढुङगेलद्वारा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न नेपालको हरेक क्षेत्रमा महिलाको सहभागीता हुनुपर्ने भन्दै आफ्ना भनाई प्रस्तुत गर्नुभएको थियो ।
    साथै अन्तर्राष्ट्रिय श्रम संगठनका संयोजक प्रकाश शर्माद्वारा महिला उद्यमीहरुले कोभिड–१९ को बेला भोग्नु परेको चुनौतीहरु र नीतिको बारेमा व्याख्या गर्दै महिला उद्यमीहरुलाई प्रोत्साहन दिँदैं सम्मेलनको समापन गर्नु भएको कुरा नेपाल युवा यद्यमी मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्