News Portal

  • ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०८२
    १८९ पटक
    ११ मंसिर, २०८२

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

    बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको कुल ८.४६२७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ८.०३९६ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनार्थ ०.४२३१४ नगद लाभांश छन्।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्