Skip

News Portal

  • बीमितलाई आंशिक तथा अवधि भुक्तानी रकम लिन आउन हिमालयन लाइफको आग्रह

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०८२
    १९१ पटक
    ५ मंसिर, २०८२

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लिन बाँकी आंशिक तथा अवधि भुक्तानी रकम बुझिलिन आउन बीमितलाई आग्रह गरेको छ।

    कम्पनीले आज एक सूचना प्रकाशित गर्दै हिमालयन लाइफ (साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ) लिन बाँकी आंशिक भुक्तानी (सर्भाभल बेनिफिट) तथा अवधि भुक्तानी (म्याच्युरिटी पेमेन्ट) रकम लिन आउन बीमित र प्रस्तावकलाई बुझिलिन आउन आग्रह गरेको हो।

    ‘यस कम्पनीबाट विभिन्न मितिमा जारी भएका बीमालेख लिएका तर आंशिक तथा अवधि भुक्तानीका लागि योग्य भई हालसम्म पनि बीमित तथा प्रस्तावकको बैंक खाता रकम उपलब्ध भएकोले भुक्तानी प्रक्रियालाई सहज गरिदिन सम्बन्धित बीमित तथा प्रस्तावलाई आग्रह छ’, सूचनामा भनिएको छ।

    यसका लागि सम्बन्धित बीमित तथा प्रस्तावकले आवश्यक कागजातसहित कम्पनीका नजिकका शाखा कार्यालयमा उपस्थित भई बैंक खाता अद्यावधिक आफूले प्राप्त गर्नुपर्ने बीमालेखको आंशिक तथा अवधि भुक्तानी रकम यथाशक्य छिटो प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ।

    प्रतिकृया दिनुहोस्