आर्थीकसंसार संवाददाता१७ कात्तिक, २०८२
१७ कात्तिक, २०८२काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।




