News Portal

  • पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०८२
    ९२ पटक
    ४ कार्तिक, २०८२

    लिस्बन । पोर्चुगलमा अवस्थित नेपाल कल्चर कम्युनिटी कोइम्ब्राद्वारा आयोजना गरिएको तिहार विशेष सांस्कृतिक कार्यक्रम आइतबार कोइम्ब्रामा सम्पन्न भएको छ ।

    कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गरेको थिए भने प्रमुख अतिथि पोर्चुगली प्रतिनिधि क्यातरिना पिइरेस  रहेका थिए ।

    कार्यक्रममा कोइम्ब्रा र वरपर क्षेत्रका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    सञ्चालक सन्तोष पाण्डेको प्रभावशाली प्रस्तुति र आकर्षक शैलीले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको सहभागीहरूले बताएका छन् ।

    कार्यक्रममा गीत, नृत्य, कविता, तिहार विशेष भोजन र सम्मान कार्यक्रमजस्ता विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो ।

    कार्यक्रमले पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूबीच एकता, आपसी सम्बन्ध र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको आयोजक समितिले जनाएको छ । सहभागीहरूले पनि यस्ता कार्यक्रमहरूले विदेशमा रहेर आफ्नो संस्कृति, परम्परा र पहिचानलाई जोगाइराख्न महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्।

    प्रतिकृया दिनुहोस्