काठमाडौं । हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न बैंकको २८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद (कर सहित) गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै उक्त बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ नाघ्ने छ ।
सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो । ग्राहकले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी गराइयो ।
बैंकको वार्षिक साधारणसभा कोभिड–१९को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वस्थ्यसम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन भएको हो ।
यसका साथै २८ वर्षदेखि निरन्तर सेवारत हिमालयन बैंक नेपालको वित्तीय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको तथा नवीन, सुरक्षित तथा अत्याधुनिक बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वासअनुरुप अझ सुलभ तथा स्तरीय सेवा पुर्याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको छ ।
हाल, बैंकले देशभर ७० शाखा, ४ विस्तारित काउन्टर, १४६ एटीएम र ४२०० भन्दा बढी पीओएस टर्मिनलस संख्याबाट सेवा प्रदान गर्दै आएकोे छ ।
समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १६.६० प्रतिशतले वृद्धि भई १ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । कर्जा सापट ९.२५ प्रतिशतले बढ्न गई १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको निष्कृय कर्जा १.०१ प्रतिशतमा सीमित गरिएको छ ।
हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित
आर्थीकसंसार संवाददाता२७ पौष, २०७७
२७ पौष, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने