आर्थीकसंसार संवाददाता२ असोज, २०८२

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ।
बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश गरी कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।